देशका विभिन्न ठाउँमा प्रकोपको रुपमा फैलिएको आँखा पाक्ने रोग सोलुखुम्बुमा पनि फाट्टफुट्ट मात्रामा देखा पर्न सुरु भएको छ । जिल्लामा अन्यत्रबाट आएका व्यक्तिहरुमा यस प्रकारको रोग देखिन थालेको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले जनाएको छ । केन्द्रका आँखा कार्यकर्ता दिनेश राईका अनुसार पछिल्लो केहि दिनयता काठमाण्डौँ तथा अन्यत्रबाट जिल्ला भित्रिएका व्यक्तिहरु आँखा पाक्ने समस्या लिएर…