काठमाडौँ, ताप्लेजुङमा निर्माणाधीन पाथीभरा (मुक्कुमलुङ) केबुलकार निर्माणसम्बन्धी विवाद समाधानको उद्देश्यले सरकार र आन्दोलनकारीबिच चलिरहेको वार्ता भाँडिएको छ । यसअघि माघ २२ गते वार्ता हुँदा ६ बुँदे सम्झौता भएको थियो । अर्को वार्ता आज बस्ने तय भएको थियो । तर, आज भएको दुई पक्षीय वार्ता भाँडिन पुगेको राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता सन्तोष मेहताले बताए ।…