२५ जेठ, काठमाडौं । पोखरा विश्वविद्यालयका शिक्षक-कर्मचारीले अध्ययन बिदा दुरुपयोग गरेको पाइएको छ । २०७४ सालदेखि विश्वविद्यालयका ५१ जना शिक्षक-कर्मचारी अध्ययनका लागि स्वदेश तथा विदेश गएका छन् । तर उनीहरूले कबुलियतअनुसार काम नगरेको देखिएको छ । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनमा ५१ जना कर्मचारीमध्ये ३ कर्मचारीले कबुलियतनामाअनुसार कार्य नगरेको उल्लेख गरिएको छ । केहीले आंशिक…