मन्त्रिपरिषद्को बैठक आज बस्ने

काठमाडौं, मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । आज दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालयमा बस्नेगरी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को बैठक बोलाएकी हुन् । मन्त्रिपरिषद्को बैठक पछि आजै साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै छिन् ।