हाल अमेरिकाको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई अमेरिकामा बसोबास गरिरहेका पेशाकर्मी, वैज्ञानिक लगायत प्रवासी नेपालीहरूले सक्रिय राजनीतिमा आउन सुझाव दिएका छन्। न्यु योर्कबाट बोस्टन आइ पुगेका कुलमान घिसिङले बुधवार दिउँसो न्यु इङ्गल्यान्डवासीहरूको सामुदायिक भवन तथा पशुपति बुद्ध मन्दिर पुगेर दर्शन गरे। साँझ बोस्टन स्थित बोस्टन तामाङ समाज लगायतका संघ संस्था…