रविविरुद्धको मुद्दामा थुनछेक बहस सकियो, आदेशको तयारी

काठमाडौँ, सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको चितवन जिल्ला अदालतमा बहस सकिएको छ। साहारा सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएका रविको बुधबारदेखि बयान र थुनछेक भएको थियो । न्यायाधीश दयाराम ढकालको इजलासमा बहस सकिएको र आजै आदेश आउने बताइएको छ । साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेसहित थप १५ जनाविरुद्द मुद्दा दायर भएको…