एमाले नेतृत्वको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि

काठमाडौं, नेकपा एमालेले नेतृत्व गरेको प्रदेश सरकारप्रति सत्ताको सहयात्री दल नेपाली कांग्रेसले असन्तुष्टि जनाउन थालेको छ । संघमा कांग्रेस र एमालेको सत्ता गठबन्धन गर्ने सहमति बनेसँगै प्रदेशमा पनि भागबन्डा गरिएको थियो । दुई दल मिलेर प्रदेश सरकार बनाउँदा कोशी, लुम्बिनी र कर्णालीमा एमालेको नेतृत्वमा सरकार बनेको छ । कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा सरकार बनाएको…