विष्णुकुमारीको मुखमा कपडा कोचेर हत्या

काठमाडौं, भक्तपुरमा मृत भेटिएकी वृद्धाको हत्या भएको प्रहरीले निकर्ष निकालेको छ । भक्तपुर नगरपालिका–३ दरबार स्क्वायर इचुगल्ली बस्ने ९४ वर्षीया विष्णुकुमारी त्वयनाको शव बुधबार साँझ ५ बजे दुबै हातखुट्टा बाँधिएको अवस्थामा फेला परेको थियो । वृद्धा माटो र इँटाले बनेको पुरानो ५ तले घरमा एक्लै बस्थिन् । उक्त घरका कोठाहरु थान्का बनाउने, मासु पसल र…