काठमाडौं,ललितपुरमा जारी कात्तिक नाचअन्तर्गत बुधबारराति बराह अवतार-हिरण्याक्ष वध मञ्चन गरिएको छ। प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार बुधबारराति बराह अवतार–हिरण्याक्ष वध मञ्चन गरिएको हो। नाचमा इन्द्रले यज्ञ गरिरहँदा हिरण्याक्ष दैत्यले विष्णुको नाममा गरेको यज्ञ भंग गर्न आउने कथामा आधारित नाट्य महोत्सव प्रदर्शन गरिएको छ। नाचका क्रममा इन्द्रले गरेका यज्ञमा बाधा…