मन्त्रिपरिषद विस्तारको गाँठो फुकाउन मुख्यमन्त्री चौधरी काठमाडौंमा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले सोही दिन अन्य तीन मन्त्रीहरूलाई विना विभागीय नियुक्त गरे पनि अझै उनीहरुलाई मन्त्रालयको जिम्मा दिन र मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेका हुन् । मन्त्रिपरिषदले पूर्णता नपाउँदा सरकारको प्रभावकारिता देखाउन समस्या पर्ने भन्दै सत्ता गठबन्धनभित्र रहेका दलकै नेताहरूले चिन्ता…