सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा २ दिने विद्यालय व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धी वि.व्य.स तथा शि.अ.संघका पदाधिकारीलाई तालिम सुरु भएको छ । रीड नेपाल र महाकुलुङ गाउँपालिकाको संयुक्त आयोजनामा २ दिने तालिमको गाउँपालिका अध्यक्ष सुर्य कुलुङले उद्घाटन गरेका हुन् । तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष कुलुङले विद्यालय सुधारका लागि वि.व्य.स र शि.अ.संघ पनि उत्तिकै जिम्मेवार रहेको बताए…