काठमाडौँ, लगातारको वर्षापछि मुग्लिन–नारायणगढ सडकको तीन ठाउँमा पहिरो खसेको छ । पहिरोका कारण शुक्रबार बिहानैदेखि यातायात अवरुद्ध भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पहिरोको पुरानै समस्या रहेको नारायणगढ–मुग्लिन सडकमा केही दिनयता नयाँ पहिरो पनि थपिएका छन् । भरतपुर महानगरपालिका–२९ को १४ किलो, सत्र किलो र घुमाउनेमा पहिरो खसेको ट्राफिक प्रहरी कार्यालयले जनाएको…