काठमाडौं, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत संविधानले तोकेको जिम्मेवारीबाट पन्छिन खोज्दा सर्वोच्च अदालतको पूर्ण बैठकमा न्यायाधीशहरुबीच चर्काचर्की परेको छ । प्रधानन्यायाधीश राउतले संविधानले गरेको व्यवस्था विपरितको प्रस्ताव बैठकमा पेश गरेपछि न्यायाधीशहरु विभाजित भएका हुन्। बुधबार बसेको पूर्ण बैठकमा प्रधानन्यायाधीशसहित १९ जना न्यायाधीश सहभागी थिए। न्यायाधीश नृपध्वज निरौला भने देशबाहिर भएका कारण बैठकमा सहभागी थिएनन्। बैठकमा प्रधानन्यायाधीशले…