काठमाडौं,अमेरिकामा हत्या भएकी मुना पाण्डेको गोली हानी हत्या गरेको अभियोगमा बबि सिंह शाह पक्राउ परेकाे प्रहरीले जनाएको छ। पक्राउ पर्नु अघि उनको तस्वीर प्रहरीले सार्वजनिक गरेको थियो। सिटी अफ ह्युस्टनन्यूजका अनुसार उक्त घटना ह्युस्टनको एक आवास गृहमा भएको थियो। अभियुक्त ५१ वर्षीय बबि सिंह शाहमाथि २६२ औं प्रदेश जिल्ला अदालतमा क्यापिटल मर्डरको मुद्दा चलाइएको छ।…