पुल अलपत्र हुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता

महोत्तरीको भंगहा नगरपालिका वडा न. ४ को रामनगरविर्ता र ५ को सितापुर बीचमा रहेको बडहडी खोलामा सात वर्ष अघि बनेको पुल अझै प्रयोगमा आउन सकिरहेको छैन । तत्कालीन जिल्ला विकास समिति (जिबिस) महोत्तरीबाट २०७४ सालमा निर्माण सम्पन्न भएको यो पुलको पूर्वतर्फ सडक नहुँदा प्रयोगमा आउन नसकेको हो । पुल अलपत्र हुँदा जोखिम मोलेर खोला तर्नुपर्ने…