वसन्त ऋतुको हरियालीसँगै तराईका वनहरूमा महुवा फुलेका छन् । गैरकाष्ठ तथा मझौला किसिमको रुख अन्तर्गत पर्ने महुवाका बोटमा झुप्पा–झुप्पा रसिला फूल फुलेका छन् । यसैबीच महुवाको फूल सङ्कलनको कार्य पनि भइरहेको छ । स्थानीय आदिवासी जनजातिहरू महुवाका फूल सङ्कलन गरिरहेका छन् । महुवाको फूललाई प्रशोधन गरी रक्सी बनाउने प्रचलन रहिआएको छ । थारु समुदायका मानिसहरू…