गृह पृष्ठ

दोलखाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस सिन्धुपाल्चोकमा दुर्घटना


२६ पुस २०८१, शुक्रबार ००:००


काठमाडौं, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित पाँचकिलोमा यात्रुबाहक बस दुर्घटना भएको छ । बा.प्र.०१–००६ ख ४७१० नम्बरको बस दुर्घटना भएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए ।

दोलखाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस ब्रेक फेल भएर सड्कको भित्तामा पल्टिएको चालकले प्रहरीलाई बताएका छन् । दुर्घटनामा मानविय क्षति भएको छैन ।

याे पनि पढनुहाेसः

काठमाडौं, सुदूरपश्चिम प्रदेशमा तीन दिन रहने कार्यक्रमसहित धनगढी पुगेका गृहमन्त्री रमेश लेखक शुक्रबार कार्यक्रम छोट्याएर फर्किने भएका छन्। मुलुकमा विकसित पछिल्लो घटनाक्रलाई मध्यनजर गर्दै गृहमन्त्री लेखक आज साँझ पाँच बजे फर्किने तयारी गरेका हुन्।

आफ्नो गृह प्रदेश रहेको सुदूरपश्चिमका विभिन्न कार्यक्रममा सहभागी हुन गृहमन्त्री लेखक बिहीबार धनगढी पुगेका थिए। उनी शनिबार काठमाडौं फर्किने कार्यक्रम थियो। तर लेखक आजै फर्किने भएका छन्।

बिहीबार कास्की जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गरेपछिको अवस्थाका विषयमा छलफल गर्न भन्दै गृहमन्त्री लेखकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको स्रोतले बनाएको छ।

साथै गृहमन्त्री लेखकलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पनि कुनै विषयमा छलफल गर्न भन्दै चाँडो काठमाडौं फर्किन बताएपछि कार्यक्रम छोट्याएर गृहमन्त्री लेखक काठमाडौं फर्किन लागेका हुन्।

प्रधानमन्त्री ओली र सभापति देउवाले काठमाडौं फर्किन आग्रह गर्नु संयोग हो वा कुनै खास विषयमा छलफल गर्नका लागि हो भन्ने विषयमा स्रोतले केही बनाउन चाहेन। तर, प्रधानमन्त्री ओली र सभापति देउवाले फरक फरक विषयमा छलफल गर्न बोलाएको बताइएको छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आजै मन्त्रिपरिषद बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया साताको बिहीबार र सोमबार बस्ने गरेको भए पनि प्रधानमन्त्रीले आज शुक्रबार बैठक बोलाएका हुन् ।

प्रकाशित : २६ पुस २०८१, शुक्रबार ००:००