खेलकुद

काठमाडौंले टस जितेर सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्तो


२० मंसिर २०८१, बिहिबार ००:००


काठमाडौं, नेपाल प्रिमियर लिगमा आजको दोस्रो खेलमा काठमाडौंले टस जितेर सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्तो दिएको छ । अहिले टस हारेको सुदूरपश्चिम रोयल्सले ब्याटिङ गरिरहेको छ ।

पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई पराजित गर्दै विजयी सुरुआत गरिसकेको छ । पहिलो खेलमा चितवनसँग पराजित भएको काठमाडौंले दोस्रो खेलमा कर्णालीलाई पराजित गरेको थियो ।

याे पनि पढनुहाेसः

काठमाडौँ, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौतालाई विस्तृत अध्ययन गरेर मात्र आफ्नो धारणा अगाडि सार्ने भएको छ ।

बिहीबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले नेपाल र चीनबिच भएको ‘फ्रेमवर्क फर बीआरआई’ कोअपरेसन सम्झौताबारे हतारमा धारणा नबनाउने नीति लिएको हो । नेपाल र चीनबिच बुधबार बिहान ‘फ्रेमवर्क फर बीआरआ‌ई कोअपरेसन’ְमा सम्झौता भएको थियो ।

फ्रेमवर्क अन्तर्गत १० वटा परियोजना अगाडि बढाउने दुई पक्षबिच सहमति भएको थियो । यस सम्बन्धमा नेताहरूले अध्यक्ष प्रचण्डको धारणा मागेका थिए । तर नेपाल र चीनबिच भएका सम्झौताबारे थप बुझेर जवाफ दिने भएपछि बीआरआईमा छलफल नभएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

‘बी आरआईबारे केही छलफल भएन । बैठकमा प्रश्न उठेका थिए । तर यस विषयमा अध्यक्षले थप अध्ययन र बुझेर मात्र जवाफ दिने भनेपछि अरू छलफल भएन’, रातोपाटीसँग गजुरेलले भने ।

प्रकाशित : २० मंसिर २०८१, बिहिबार ००:००