काठमाडौं, जम्मु-कश्मीरमा जारी तनावपूर्ण अवस्थाका कारण जम्मु रेलवे स्टेशनमा प्रवासी मजदुरहरूको भीड लागेको छ । उनीहरू भारतका बिहार, उत्तर प्रदेश, झारखण्ड लगायतका विभिन्न राज्यहरूतर्फ फर्किंदै छन्। जम्मु क्षेत्रका विभिन्न बस्तीहरूमा गोलीबारी भएपछि यो सर्न सुरू भएको हो ।
भारतले पहलगाम आक्रमणको प्रतिशोधमा गरेको हवाई हमलापछि पाकिस्तानले गएराति ठूलो मात्रामा जवाफी कारबाही सुरु गर्ने निर्णय गरेको हो । तत्कालीन अवस्थालाई हेर्दा यो निकै संवेदनशील र खतरनाक मोडमा पुगेको देखिन्छ ।
दुई देशबीच तोपखानामा हमला गर्ने प्रतिस्पर्धा चलिरहेको छ । यी हमलाहरूमा अहिलेसम्म पाकिस्तानतर्फ १० भन्दा बढीको मृत्यु र ५० भन्दा बढी घाइतेको पुष्टि भएको अलजजिराले लेखेको छ । पछिल्ला घटनाहरूले सामान्य जनजीवनमा गम्भीर असर परेको छ ।
सम्पूर्ण उडानहरू निलम्बित छन्, विद्यालयहरू बन्द छन्, र यातायात ठप्प छ । यसले अर्थतन्त्रमा समेत प्रत्यक्ष असर पारिरहेको छ । पाकिस्तानमा सर्वसाधारणहरू चिन्तित छन् । उनीहरू दुवै देशबीच पूर्ण युद्ध भयो भने सबैभन्दा धेरै पीडित जनसाधारण नै हुने र यसको सामान्य जनजीवनमा विनाशकारी असर पर्ने विश्लेषकहरूले बताइरहेका छन् ।
भारत–पाकिस्तान तनावस् पछिल्ला अपडेटहरू
-पाकिस्तान प्रशासित कश्मीरमा भारतीय हमलाबाट कम्तीमा १३ जनाको ज्यान गएको र ५० भन्दा बढी घाइते भएको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।
-पाकिस्तानले भारतको उत्तरी क्षेत्रमा रहेको मिसाइल भण्डारणसहित विभिन्न सैन्य आधारशिविरहरूमा जवाफी हमला गरेको दाबी गरेको छ ।
-भारतले उधमपुर, पठानकोट, आदमपुर र भुजस्थित वायुसेना अड्डाहरूमा केही सीमित क्षति भएको जनाएको छ ।
-पञ्जाबका केही एयरबेसमा उच्च गतिको मिसाइल आक्रमण भएको भारतीय सैन्य स्रोतले जनाएको छ र जवाफस्वरूप कारबाही गरिएको बताएको छ ।
-भारत-प्रशासित कश्मीरमा विष्फोटको आवाज सुनिएको छ भने अन्य क्षेत्रमा मिसाइलका टुक्रा फेला परेका छन् ।
-राजौरी जिल्लाका प्रमुख अधिकारी राजकुमार थाप्पाको मृत्यु भएको पुष्टि भएको छ। उनको निवासमा पाकिस्तानी गोलाबारी परेको बताइएको छ ।











प्रतिक्रिया