काठमाडौं, संघीय संसद् सेवा दिवसको अवसरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबीच फुटसल प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार भृकुटिमण्डपस्थित फुटसलमा आयोजित प्रतियोगितामा प्रतिनिधि सभाको टोलीले १३–० गोलले जित हात पारेको हो ।
सभामुख देवराज घिमिरेको नेतृत्वमा रहेको प्रतिनिधि सभाको टोलीले १३ गोल गरेको हो । खेलमा सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख इन्दिरा राना लगायतका सांसदहरू सहभागी थिए ।
याे पनि पढनुहाेसः
रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले पर्सामा प्रदर्शन गरेका छन्। सरकारी वकिल कार्यालय पर्सामा लामिछानेको बयान भइरहदा उनका समर्थकहरुले मंगलबार पर्साको बीरजंगमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले राजनीतिक प्रतिशोध विरुद्धको सशक्त आन्दोलन भन्दै प्रदर्शनसहित विरोध र्याली समेत निकालेका छन्। प्रदर्शनमा सहभागीहरुले रवि लामिछानेलाई न्याय दे, जनता झुक्काउन पाइँदैन, राजनीति प्रतिशोध बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
पर्साको सानोपाइला सहकारीको रकम अपचलनका विषयमा बयान लिन लामिछानेलाई सोमबार नै पर्सा पुर्याइएको थियो। सानोपाइला सहकारीको रकम अपचलन आरोपमा लामिछानेसहित १४ जनाविरुद्ध मंसिर १९ गते पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।











प्रतिक्रिया