गृह पृष्ठ

बस दुर्घटना हुँदा २२ जना घाइते


३० मंसिर २०८१, आइतबार ००:००


महोत्तरीमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। भिठामोडबाट जनकपुर आउँदै गरेको ना४ख १०६९ नम्बरको बस आइतबार दिउँसो अनियन्त्रित भएर दुर्घटनामा परेको हो।
बस हुलाकी राजमार्गस्थित जलेश्वर नगरपालिका–६ रातोपुलमा पल्टेर दुर्घटना भएको प्रहरीको भनाइ छ।

बस पुलको रेलिङ तोड्दै पल्टिएको घाइते २२ मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये भारत परिहारकी २२ वर्षीया सरिता यादव र कोमल राउतको अवस्था गम्भीर छ। उनीहरूको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ।

याे पनि पढनुहाेसः

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संस्कृतिको जगेर्ना गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् । आइतबार वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

हामीले देशलाई आर्थिक रुपमा अघि बढाउन र देशको संस्कृतिको जगेर्ना गरिरहने हो भने फुटेर होइन, जुटेर अघि बढ्नुपर्छ । सबैजना एकजुट भएर लाग्नुपर्छ,’ उनले भनिन् । उनले देशलाई आर्थिक रुपमा सम्पन्न बनाउन र देशको संस्कृतिको जगेर्ना गर्न फुटेर नभइ सबै जुटेर अघि बढ्नुपर्ने बताइन् । ज्यापु समुदायका विभिन्न संस्कृतिमात्र नभएर नेवारसमुदायभित्र रहेका विभिन्न जातजातिका पर्वहरूको उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

ज्यापु समुदायका विभिन्न संस्कृतिमात्र नभएर नेवारसमुदायभित्र रहेका पनि विभिन्न जातजातीका पर्वहरूको उत्तिकै महत्त्वपूर्ण भूमिका छ । यी सबै पर्वलाई हामीले एकजुट भएर मान्ने र देशभरका विभिन्न जातजातिका पर्वहरुलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ,’ उनले भनिन् ।

प्रकाशित : ३० मंसिर २०८१, आइतबार ००:००