खोटाङ्ग जिल्ला ऐसेलुखर्क गाँउपालिका –२ बादेलको डम्बर कुमारी पुरी धेरै र सबैखाले अभाबको बाबजुद पनि संघर्षकै भरमा ब्याचलरसम्म अध्ययन गरिन । आफ्नो र परिवारको ऋण तिर्न र बाबा आमाको गुन फर्काउन सक्छु कि भनी कहाँमात्र र के मात्र खोजी गरिनन् उनले।
लोकसेवा आयोग खुल्यो रे भनेको सुन्ने बित्तिकै नेपालको जुनै कुनामा पनि पुगिन । अस्थायी र करारमा काम पाइन्छ रे भन्दा बितिकै दौडिन थिईन । कँही कतै काम पाइहाले र सेवारत भैहाले पनि केही समय काम गरेपछि माथिल्लो स्तरकोले, आफुलाई वा आफ्नो स्वार्थलाई पुरागर्न, उनको करार खाइदिन्थ्यो ।
नेपालको सिद्धान्त ठुलोले सानोलाइ खान े। उनमाथि धेरै पटक लागु हुन्थ्यो र भयो । तर उनको दौड्भने अनबरत जारिनै थियो । धेरै संघर्ष गरेर पढेको जागिर नपाँउदाको पिर, लोकसेवामा पहुँच नहुँदा पटक पटक फालिएको पिँडा, पाएको करारहरु खोसिँदाको पिँडा, पढेरपनि जागिर खान नसक्ने भनेर घरपरिवार र नजिककाहरुले उल्याएको र अपहेलित भएको अन्तहिन दुखान्त थिए ।
धेरै पिँडाको बाबजुद पनि संघर्षरत रहँदा रहँदै कहिले कहिले प्रेसर (उच्च रक्तचाप ) को दवाबले दुबै मृगौला काम नलाग्ने भैसकेछ । तर उनको सबैकुरा र आभाव पुरागर्ने आसै आसमा निरन्तर दौडिन, जब उनको पाइलाहरु चल्न छाडे बल्ल बिरामी भएको महसुस भयो ।
सम्झँदा पनि मुटु … ? सायद जिवनमा शरीरको बारेमा सोच्ने फुर्सद भएर त हैन, बाध्य भएर, अस्पतालमा पुगिन । सबैखाले आभाबसँग लड्दै छिन । अस्पतालको बेड्मा, के उनि जस्तो अभाबग्रस्त यो देशको नागरिक हैन ? के उनले गरेको संघर्ष हैन ? अति बिकट कुरिमाजतो जंगलबिचमा कोही जान नमान्ने ठाँउमा करारमा शिक्षक भएर पढाइन ।
डम्बर कुमारीले धेरै संघ संस्था र पार्टी समेतमा आवद्ध भएर काम गरिसकेकी छिन । आफ्नो भविष्य र करियर खोज्दा खोज्दै उनि आफु भित्र भित्रै सकिएको उनलाई थाहा नै भएन । उनि अहिले दुबै मिर्गौला फेल भई अौषधि उपचार को लागि विराटनगरमा रहेको नोबेल हस्पिटलमा जाँदा उपचारको सम्भावना एकदमै न्यून रहेको र उपचार नै गर्न नसकिने स्थिति रहेको हस्पिटलबाट जानकारी गराइएपछी उनिसँग बाँच्ने एउटै मात्र उपाय भनेको उनको मिर्गौला नै प्रत्यारोपण गर्नुपर्ने कुरा हस्पिटलले जानकारी गराएको थियो ।
त्यसपछी नोबेल हस्पिटलमा त्यो उपचार सम्भव नभए पछाडि काठमाडौँको भक्तपुरमा रहेको सहिद धर्मभक्त मिर्गौला प्रत्यारोपण केन्द्रमा डाइलासिसगराइन र उनको दुबै मिर्गौला फेल भएको कारणले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने र उक्त प्रत्यारोपणको को लागि लगभग २० लाख नेपाली रुपैयाँ लाग्ने कुरा अस्पतालद्वारा जानकारी गराइएको छ । अहिले उनले काठमाडौँको माहाराजगंजको शिक्षन अस्पतालमा डाइलासिसगराइन गराइरहेकी छिन ।
एक विकट गाउँबाट आएको न्यून परिवारको लागि २० लाख रुपैयाँ भनेको धेरै ठूलो रकम भएको र उहाँहरुले त्यो रकम जुटाउन नसक्ने स्थिति रहेको हुँदा उहाँहरुबाट सहयोगकोलागि अपील गरिएको छ कृपया तपाईहरूको सहयोगी मनको र सहयोगी हातहरूको अपेक्षाको साथ हात आफुले सक्ने सहयोग गरिदिन बिनम्र अनुरोध गर्दछौ ।
सम्पर्कको लागि कतार +97431378343 बिरामी :डम्बरकुमारी पुरी +9779804708813 बुबा +9779818731188 साथै हामी सबै देश बिदेशमा रहेका आफन्तजन चिनजान साथीभाई लगायत थाहा पाउने सबै डम्बर कुमारी बचाउ अभियानमा लाग्न बिनम्र अपिल गर्दछौ ।











प्रतिक्रिया