आज धनतेरससँगै हिन्दुहरूको दोस्रो महान् चाडको रूपमा रहेको तिहारले पनि पाइला टेको छ । यस दिन विशेष रूपमा भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ साथै धनका देवता कुवेर तथा लक्ष्मीको पनि पूजा आराधना गरिन्छ । समुद्र मन्थनको क्रममा यसै दिन भगवान् धन्वन्तरी हातमा अमृतको कलश लिएर प्रकट भएका थिए ।
भगवान् धन्वन्तरीलाई देवताका वैद्य मानीन्छ । उनी आरोग्य, स्वास्थ्य, आयु एवं तेजका देवतासमेत हुन् । भगवान् धन्वन्तरी भगवान् विष्णुका २४औँ अवतारमध्येका एक हुन् । हरेक वर्ष कात्तिक महिनाको कृष्णपक्षको त्रयोदशीका दिन धनतेरस मनाइन्छ ।
धनतेरसको दिनलाई घरघरमा समृद्धि भित्रिने दिनको रूपमा लिइन्छ । यस दिनमा गरिने किनमेललाई शुभ मानिन्छ । यस दिन लक्ष्मीको विशेष कृपा हुने विश्वासका साथ विशेष सामग्रीहरू किनिने चलन रहेको छ । यस दिन विशेषगरी सुन, चाँदी तथा पित्तलका भाँडाकुँडाको खरिद गर्ने गरिन्छ ।
जानौ धनतेरसको दिन कुन कुन सामान किन्नु हुदैन :
फलामको सामान
धनतेरसमा फलामबाट बनेको सामान किन्नु हुदैन । यो दिन फलामबाट बनेका सामान घर ल्याउदा राहु ग्रहको अशुभ छायाँ पर्ने धार्मिक विश्वास रहेको छ । राहुको नजर पर्ने वित्तिकै चिन्ताहरु बढ्न थाल्दछ ।
काँचको सामान
काँचको सामानको सम्बन्ध पनि राहु ग्रहसँग हुन्छ । यसकारण धनतेरसको दिन काँचको सामान किन्नु भनेको समस्या उब्जाउनु हुन्छ ।
स्टिलका सामान
धनतेरसको दिन भाडाकुडा किन्ने प्रचलन परापुर्वक कालदेखी चल्दै आएको छ । स्टील पनि फलामको दोस्रो रुप हो यसकारण भनिने गरिएको छ कि स्टीलको सामान पनि धनतेरसको दिन किन्नु हुदैन । स्टीलको सट्टा तामा तथा चाँदीको सामान किन्नु पर्दछ ।
कालो रंगको सामान
धनतेरसको दिन कालो रंगको सामान घर ल्याउनबाट बच्नु पर्दछ । धनतेरस एउटा ठुलो शुभ दिन हो जबकि कालो रंग सधै दुर्भाग्यको प्रतिक मानिन्छ यसकारण धनतेरसमा कालो रंगको सामान खरिद गर्नबाट बच्नुहोस् ।
धा’रि’लो ह’ति’यार
धनतेरसको दिन यदि तपाई सामान खरिदको लागी निस्कनु भएको छ भने च’क्कु, कै’चि तथा अन्य धा’रिलो ह’तिया’र खरिद गर्नबाट बच्नु पर्दछ ।
केके किनिन्छ यस दिन ?
भगवान् धन्वन्तरीलाई पित्तल मनपर्ने भएकाले यस दिन विशेष रूपमा पित्तलका सामानहरू किनिन्छ । नेपाली बजारमा यस दिन विशेषगरी पित्तलका थाल, गिलास, कचौरा, कलशहरूको खरिद–बिक्री हुने गर्छ ।
धनतेरसको दिन किनिएको कुवेर यन्त्र तथा श्री यन्त्रलाई शुभ मानिन्छ । यस दिन किनिएको यन्त्रलाई घरको दराज तथा पसल व्यवसायमा राख्नाले वर्षभर पैसाको कमी नहुने विश्वास गरिन्छ ।
साथै, यस दिन लक्ष्मी र गणेशको लोगो भएको चाँदीको सिक्का किन्ने प्रचलन छ । यसले घरमा शुभफल दिनुका साथै समृद्धि भित्रिने जनविश्वास रहेको छ ।
धनतेसरमा अधिकांशले कुचो किन्ने गरेका पाइन्छ । यस दिन कुचो किनेर घरमा ल्याउँदा पैसाको अभाव नहुने तथा घर परिवारका सदस्यलाई रोगले नसताउने विश्वास गरिन्छ ।
सवारी साधन किन्नेहरू पनि यसै दिनको प्रतीक्षामा रहेका हुन्छन् । यस दिनलाई सवारी साधन किन्न शुभ मानिनुका साथै नेपालमा दसैँ-तिहारको अफर पनि चल्ने भएकाले यस दिन सवारी साधनको बिक्रीसमेत अत्यधिक हुने गरेको छ ।
आजदेखि भाइटीकाको दिनसम्म व्यवसाय तथा व्यक्तिगत कारोबारमा उधारो गर्दा अशुभ हुने जनविश्वाससमेत रहेको छ । आजकै दिनदेखि तिहार सुरु भए पनि तिथिमा परेको घटबढका कारण भोलि (बुधबार) नै काग तिहार र कुकुर तिहार मनाइँदै छ ।











प्रतिक्रिया