आर्थिक

काठमाडौँ महानगरपालिकाले २ अर्ब ३४ करोड १७ लाख अनुदान


२० जेष्ठ २०८२, सोमबार ००:००


काठमाडौँ, देशका ६ महानगरपालिकाले सङ्घ सरकारबाट झन्डै पौने १२ अर्ब रुपैयाँ अनुदान पाउने भएका छन् । अर्थ मन्त्रालयले सार्वजनिक वित्तीय हस्तान्तरणको रकम अनुसार सरकारले देशभरका नगरपालिकालाई ११ अर्ब ७४ करोड ६५ लाख रुपैयाँ बराबरको

वित्तीय हस्तान्तरण गर्न लागेको हो । यो रकम अघिल्लो वर्षको भन्दा १४.४८ प्रतिशत बढी हो । अघिल्लो वर्ष अघिल्लो वर्ष ११ अर्ब ७३ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

यसमध्ये सबैभन्दा धेरै बजेट पोखरा महानगरपालिकाले पाएको छ । पोखराले ३ अर्ब ६४ करोड ५६ लाख रुपैयाँ बराबरको बजेट पाएको हो । अघिल्लो वर्ष पोखराले ४ अर्ब ५७ लाख रुपैयाँ अनुदान पाएको थियो । यो अघिल्लो वर्षभन्दा ८.९९ प्रतिशतले कम हो ।

त्यस्तै, काठमाडौँ महानगरपालिकाले यो वर्ष २ अर्ब ३४ करोड १७ लाख रुपैयाँ बराबरको अनुदान पाएको छ । अघिल्लो वर्ष काठमाडौँले २ अर्ब २१ करोड ७५ लाख रुपैयाँ अनुदान पाएको थियो । यो अघिल्लो वर्षभन्दा ५.६० प्रतिशतले बढी हो ।

भरतपुर महानगरपालिकाले यो वर्ष २ अर्ब ३६ लाख रुपैयाँ बराबरको अनुदान पाएको छ । अघिल्लो वर्ष भरतपुरले १ अर्ब ८९ करोड ४७ लाख रुपैयाँ अनुदान पाएको थियो । यो अघिल्लो वर्षभन्दा ५.७६ प्रतिशतले बढी हो ।

त्यस्तै, वीरगन्ज महानगरपालिकाले यो वर्ष १ अर्ब ३७ करोड ३ लाख रुपैयाँ बराबरको अनुदान पाएको छ । अघिल्लो वर्ष भरतपुरले १ अर्ब २७ करोड ८४ लाख रुपैयाँ अनुदान पाएको थियो । यो अघिल्लो वर्षभन्दा ५.६० प्रतिशतले बढी हो ।

ललितपुर महानगरपालिकाले यो वर्ष १ अर्ब २० करोड ८५ लाख रुपैयाँ बराबरको अनुदान पाएको छ । अघिल्लो वर्ष ललितपुरले १ अर्ब ११ करोड ३९ लाख रुपैयाँ अनुदान पाएको थियो । यो अघिल्लो वर्षभन्दा ८.४९ प्रतिशतले बढी हो ।

विराटनगर महानगरपालिकाले यो वर्ष १ अर्ब १७ करोड ६८ लाख रुपैयाँ बराबरको अनुदान पाएको छ । अघिल्लो वर्ष विराटनगरले १ अर्ब २२ करोड ३ लाख रुपैयाँ अनुदान पाएको थियो । यो अघिल्लो वर्षभन्दा ३.६५ प्रतिशतले कम हो ।

प्रकाशित : २० जेष्ठ २०८२, सोमबार ००:००