सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा महलिाहरुका लागी आयोजना गरिएको तल्लो पेट तथा स्तन क्यान्सर सम्बन्धी २ दिने निशुल्क सिविरमा ४ सय २५ जनाले सेवा लिएका छन् ।
गाउँपालिकाको आयोजना तथा नेपाल क्यान्सर अस्पताल र टिसेन्च सेन्टरको प्राविधिक सहयोगमा आईतबार र सोमबार चलेको सिविरमा ४ सय २५ महिलाले निशुल्क सेवा लिएका हुन । हरितालिका तिजको उपलक्ष्यमा महिलाहरुको स्वास्थ्य सुदृढ गर्ने लक्ष्यका साथ आयोजित सिविरमा महलिाहरुको स्तन क्यान्सर पहिचान र परामर्श गर्ने, पाठेघर झर्ने समस्याको पहिचान र उपचार गर्ने, भिआइए टेस्ट गर्ने र पिएपि स्मिएर टेस्ट गरिएको थियो ।
पछिल्लो समय महलिाहरुमा स्तन तथा पाठेघरको क्यान्सर बढ्दै गएकाले यसबाट बच्नका लागी सिविर आयोजना गरिएको पालिका उपाध्यक्ष विना राईले बताउनु भयो । २ दिने सिविरमा महिलाहरुको ठूलो संख्यामा सहभागिता भएको र सिविरबाट महिलाहरुले लाभ लिएको उपाध्यक्ष राईको भनाई छ ।
उपचारमा डाक्टर महेश पाठक, डाक्टर अनुसा शर्मा र नर्स रितु श्रेष्ठ लगायतको टिम सहभागि रहेको सहकर्मी धनकुमार ढुंगेलले जानकारी दिनुभयो । हिजो गाउँपालिकाको वडा नम्बर २ सल्यानमा आयोजित कार्यक्रममा पालिका उपाध्यक्ष विना राईले शिविरको उद्घाटन गर्नु भएको थियो । शिविरमा पालिका भित्रका बृद्धबृद्धा देखि सबै उमेर समुहका महिलाहरु सहभागि भएका थिए ।











प्रतिक्रिया