पुस २२,काठमाडौँ
कोरियन भाषा प्रशिक्षक हरुको समुहले इ.पि.एस कार्यलय प्रमुख राजकुमार राई लाई ज्ञापन पत्र बुझाएको छ।
भाषा प्रशिक्षक सन्तोष पाण्डेको नेतृत्वमा आज ई .पि .एस. मार्फत कोरिया जाने विद्यार्थीहरूको फ्लाइट रद्ध, सिप विल्डिङ, कृषितर्फ पास भएका विद्यार्थीहरुको प्रक्रिया ढिलाइ तथा कोरिया रिटर्नीको विभिन्न समस्याहरु समाधानको सम्बन्धमा ग्वार्को स्थित ई. पि.एस. कार्यलय प्रमुख राई समक्ष ज्ञापन पत्र बुझाईएको हो।

कार्यालय प्रमुखलाई भेटेर निम्न बिषयहरुमाथी ध्यानाकर्षण गराइएको छ।
१) Eps प्रक्रिया पूरा गरि उर्तीण भएका विद्यार्थीहरु काठमाडौंमा नै बस्नु पर्ने बाध्यताले आर्थिक बोझको सामना गर्नु परेको तथा बारम्बारको फ्लाइट क्यान्सिलका कारण आवास, यातायात र अन्य खर्चहरूमा भारी आर्थिक बोझ परेको कुराहरु जानकारी गराई यथाशिघ्र समाधानको लागि पहल माग गरिएको छ।
२) फ्लाइट अनिश्चितताका कारण विद्यार्थीरूमा भोग्नु परेको मानसिक तनावको बारेमा जानकारी गराइ त्यसको तत्काल समाधान गर्न आग्रह गरिएको छ।
३) विद्यार्थीहरुलाई मुस्कान सहितको सुचना प्रदान गर्न आग्रह गरिएको छ साथै सुचना प्रदान गर्न छुट्टै Help Desk को माग गरेका छौँ ।
४) समयमा कोरिया पुग्न नसक्दा र रोजगारदाताले समयमा कामदार नपाउँदा रोजगार गुम्न सक्ने जोखिम जानकारी गराई समाधानको बाटो खोज्न अनुरोध गरेका छौँ ।
५) फ्लाइट क्यान्सिलको कारण र आगामी व्यवस्थाबारे समयमै स्पष्ट जानकारी वेबसाइड मार्फत दिन अनुरोध गरेका छौं ।
६) उपलब्ध फ्लाइटहरूमा प्राथमिकता दिएर हाम्रा विद्यार्थीलाई कोरिया पठाउने उपाय अपनाउन अनुरोध गरेका छौं ।
७) कोरियन अधिकारीहरूसँग समन्वय गरी समस्या समाधानका लागि ठोस कदम चालियोस् । त्यसको बारेका वेबसाइडमा यथाशिघ्र राखियोस् भनेर भनेका छौँ ।
८) Eps प्रक्रिया सुधारका लागि माग गरेका छौँ त्यसै गरी कृषि, पानी जहाज निर्माण र अन्य क्षेत्रमा पनि प्रक्रिया ढिलो हुँदा विद्यार्थीहरूको रोस्टर अवधि सकिएकोले यसमा सुधार गर्न यथासिघ्र ध्यान दिइयोस् ।
९) न्यून छनौट भएको जस्तो पानी जहाज निर्माण, कृषि क्षेत्रबाट अन्य क्षेत्रमा रोस्टर स्थानान्तरण गराइ दिनु हुन माग गर्दछौँ ।
१०) कोरिया रिटर्नी तथा महिला दिदि बहिनीहरुको छनौट प्रक्रिया पनि निकै नाजुक अवस्थामा भएकोले कोरियन पक्षहरुसँग अविलम्व छलफल गरी सुधारको लागि जोडदार माग गरेका छौं ।


नेपालकै तर्फबाटको ढिलासुस्ती र लापरबाहीका कारण कोरियाले कामदार समयमा नपाउने तथा आगामी दिनमा कोरियाले नेपालका लागि उपलब्ध गराउने कामदारको कोटा पनि गुम्न सक्ने खतराको जानकारी गराई सबै प्रक्रिया पुरा गर्दा पनि कोरिया जान नपाउने अवस्थामा विद्यार्थीको आक्रोशले निम्त्याउन सक्ने दुर्घटनाका बारेमा पनि सचेत रहन समयमा अनुरोध गरेका छौं ।

पछिल्लो समय कोरिया लाखौं नेपालीहरुको आकर्षक गन्तब्यमा परेको छ। २०२३ मा आवेदन दिएका १ लाख ६३ हजार ६ सय ३५ मध्ये तीन चरणमा भाषा परीक्षा सम्पन्न भएको थियो।
पहिलो चरणमा ५ हजार ७ सय ५३ दोश्रो चरणमा ८ हजार १ सय ५१ र तेस्रो चरणमा ३ हजार १ सय २६ उतिर्ण भएका थिए।
भाषा उतिर्ण गरेर सम्पुर्ण प्रक्रिया पूरा गरेर बसेको २ बर्षबितिसक्दा पनि इश्यु नभएको भन्दै इ.पि.एस. कार्यलय अगाडि निरन्तर माग राखेर आन्दोलन गर्ने बिधार्थीहरुको भिड दैनिक जसो देखिन्छ।
इ.पि.एस. कार्यालयका शाखा अधिकृत कमलराज श्रेष्ठका अनुसार बिद्यार्थीहरुको समस्या लाई हामीले कोरियन सरकारलाई अनुरोध गरिसकिएको छ। सीप बिल्डिङमा उतिर्ण बिद्यार्थीहरु, भिषा मिति सकिएका हरुको लागि यथाशीघ्र पहल गरिने समेत आश्वासन दिए। सन् २००८ देखि दक्षिण कोरियाले रोजगारी अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली कामदारलाई कोरियाको श्रम बजारमा रोजगार अनुमति प्रदान गर्दै आएको छ।
निकै इमान्दार र मेहनती श्रमिकको मान्यता पाएका नेपाली श्रमिकलाई कोरियाका रोजगारदाताले समेत विश्वास गर्दै आएका छन् । अन्य देशका तुलनामा नेपाली करार अवधि सकिएसँगै स्वदेश फर्कने, अवैधानिक बसोबास नगर्ने पाइएका कारण पनि नेपाली कामदार कोरियाली रोजगारदाताको रोजाइमा पर्दै आएका हुन् ।
।
अन्य मुलुकको तुलनामा आकर्षक सेवा सुविधाका कारण पनि दक्षिण कोरिया नेपाली युवाको आकर्षक श्रम गन्तव्यमा परेको छ।
।
अहिले नेपाली कामदारले मासिक रु एक लाख ५० हजारदेखि दुई लाखसम्म पारिश्रमिक पाउँदै आएका छन् । त्यस्तै सुरक्षित गन्तव्य, कामको सुनिश्चितता कामदार र रोजगारदाताको कार्यसम्झौता, वैधानिकता र अधिकार स्थापित हुने, काम गर्ने अवधिको निश्चितता (चार वर्ष १० महीना), पुनःकोरिया जान सकिने, तेस्रो पक्ष र दलालको गुञ्जायस नहुनेलगायत कारणबाट कोरिया जान इच्छुक नेपालीको सङ्ख्या बढ्दै गएको छ।











प्रतिक्रिया