फिचर फोटो

अभिनेत्री श्वेता खड्काकाे दाेस्राे विवाह यसरी धुमधाम हुँदै छ


२२ मंसिर २०७७, सोमबार ००:००


धनगढीका विजयेन्द्रसिंह रावतसँग आज वैवाहिक बन्धनमा बाँधिन लागेकी अभिनेत्री श्वेता खड्काले हिँजाे सामाजिक संजालमा लेखेकाे भावकु पत्रले धेरैकाे मनमा केही रमाइला पिरहरूकाे बास गर्याे। वैवाहिक कार्यक्रम विहानैदेखि बूढानीलकण्ठस्थित गोकर्ण फरेष्ट रिसोर्टमा सुरू भएको छ। पूर्वपति अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको ६ वर्षपछि श्वेताले अर्को विवाह गर्न लागेकी हुन्।

उनीहरू दुई वर्षदेखिको प्रेम सम्बन्धलाई प्रेम सम्बन्धमा थिए। यसअघि हिजो मेहन्दी तथा संगीत कार्यक्रम पनि गरिएको थियो। दुवैजनाले हातमा एक अर्काको नामका मेहन्दी लगाएका थिए। उनीहरूले फोटोसूट समेत गराएका थिए। तपाईं लाइ नयाँ जीवन यात्राका लागि हार्दिक बधाई तथा अनेकौं अनेक शुभकामना ।

चलचित्र ‘कहाँ भेटिएला’ बाट अभिनयमा डेब्यू गरेकी स्वेताले २०७१ मा श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। विवाह गरेको एक महिनामै श्रीकृष्णको निधन भयो। श्रीकृष्णको निधनपछि उनी लामो समय विक्षिप्त भएकी थिइन्। त्यसपछि भने उनी एक्लो जीवन जिउने बताउँदैं आइन्। अन्ततः एक्लो जीवन बाच्न कठिन हुने भन्दै विवाह गर्ने मोडमा पुगेको उनले सामाजिक सञ्‍जालमा लेखेकी छिन्।

प्रकाशित : २२ मंसिर २०७७, सोमबार ००:००