गृह पृष्ठ

कोठाभाडा १४ सय नदिएको भन्दै एक डेरावालाको हत्या


२५ माघ २०८१, शुक्रबार ००:००


काठमाडौं, कोठाभाडा १४ सय रुपैयाँ नदिएको भन्दै पाल्पामा एक डेरावालाको हत्या भएको छ । हत्या हुनेमा ५२ वर्षीय रुद्रबहादुर बुढाथोकी छन् । बुढाथोकीलाई उनका घरबेटी ३१ वर्षीय माधव बिष्टले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुनिल मल्लले बताए ।

मल्लका अनुसार मासिक ५ सय रुपैयाँ कोठाभाडा बुढाथोकी विष्टको घरमा बस्दै आएका थिए । तानसेन नगरपालिका–११ स्थित विष्टको घरमा बसेका बुढाथोकीको बुधबार हत्या भएको थियो । १४ सय कोठाभाडा नदिएको विषयमा विवाद भएपछि हसियाँले हानेर हत्या गरेको देखिन्छ । पक्राउ परेका घरबेटी बिष्टले मादक पदार्थ समेत सेवन गरेका डीएसपी मल्लले बताएका छन ।

प्रकाशित : २५ माघ २०८१, शुक्रबार ००:००