गृह पृष्ठ

महाकुलुङले पर्यटन गुरुयोजना निर्माण गर्न सरोकारवालासँग गर्याे अन्तरक्रिया


२५ माघ २०८१, शुक्रबार ००:००


सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले पर्यटन गुरुयोजना निर्माण गर्न सरोकारवालासँग अन्तरक्रिया गरेको छ । गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा पालिकामा रहेका पर्यटकीय सम्भावनाबारे छलफल भएको थियो ।

महाकुलुङ गाउँपालिकाको पर्यटन र गुरुयोजना निर्माण कार्यशाला गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङको अध्यक्षतामा गाउँपालिकाको पर्यटन सम्बन्धि अवस्था विश्लेषण, पर्यटन गुरुयोजना दीर्घकालीन सोच, ध्येय, लक्ष्य उदेश्य तय आवश्यक तथ्यांक सल्लाह, सुझाव सङ्कलन गरि कार्याशाला सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रममा गुरु योजना निर्माणका लागि गाउँपालिकाको पर्यटन क्षेत्र सम्बन्धी वर्तमान अवस्थाको विश्लेषण समुह विभाजन गरि व्यापक छलफल मार्फत विश्लेषण गरिएको हाे ।

यस्तै गुरु योजना र प्रयोग गाइड लागि रणनीति स्तम्भ पहिचान र निर्माण ४ पर्यटन गेम चेन्जर परियोजना गर्न विकास नीति तथा योजना अध्यक्ष आरके ढुंगानाले बताउनुभयो । उक्त कार्यक्रममा परामर्शदाता संस्था एडमार मल्टीसर्भिस कम्पनी प्रा. लि.काठमाडौ अगुवाईका पालिका जनप्रतिनिधि, राजनैतिक पार्टी प्रतिनिधि, नागरिक अगुवाई लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : २५ माघ २०८१, शुक्रबार ००:००