आर्थिक

आज सेयर बजार २५.४६ अंकले घटयाे


२३ भाद्र २०८१, आइतबार ००:००


काठमाडौं, आज सेयर बजार २५.४६ अंकले घटेको छ । सो अंकको गिरावटसँगै नेप्से परिसूचक २७०१.९ अंकमा कायम रहेको छ । बजार दिनभर उतारचढावमा रह्यो । १२ः२७ बजे २७६० अंकसम्म पुगेको बजार २ः५८ बजे २६९९ सम्म झर्‍यो ।

८५ कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ३ को स्थिर रह्यो । बजार घट्दा कारोबार रकम केही बढेको छ । बिहीबार ९ अर्ब ६५ करोडको कारोबार भएकोमा आज १० अर्ब १२ करोडको भयो ।

माइक्रोफाइनान्स समूह १.२१ तथा उत्पादन समूह ०.५० प्रतिशत बढेकाे छ । बैंकिङ १.५८, विकास बैंक २.०७, फाइनान्स १.२४, होटल तथा पर्यटन १.४१, हाइड्रोपावर ०.६०, लगानी ०.५४, जीवन बीमा १.४२, निर्जीवन बीमा १.२८, अन्य १.३१ तथा व्यापार समूह १.२४ प्रतिशतले घटेकाे छ ।

समग्र बजार घट्दा पनि चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । माहुली लघुवित्त, सिर्जनशील लघुवित्त, मिडसोलु हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सपोर्ट माइक्रोफाइनान्सको ८, उन्नति सहकार्य लघुवित्तको ७.३, गणपति लघुवित्तको ६.६ प्रतिशत मूल्य बढ्यो ।

थ्रीस्टार हाइड्रोपावरको १०, गुडविल फाइनान्सको ६.०५, दोल्ती पावरको ४.५, मातृभूमि लघुवित्तको ४.४ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, एचआईडीसीएल प्रमोटर, ग्रीनलाइफ हाइड्रोपावर, गुडविल फाइनान्स र एनएलजी इन्स्योरेन्स क्रमशः अगाडि रहे ।

प्रकाशित : २३ भाद्र २०८१, आइतबार ००:००