गृह पृष्ठ

दुर्गा विरहीकाे निर्देशनमा ‘अमेरिका गाको भए’ सार्वजनिक

  • २३ कार्तिक २०७९, बुधबार ००:००


काठमाडौं । लोकदोहोरी गायिका शान्ति श्री परियार र गायक पारश गोरालको युगल आवाज रहेको गीत ‘अमेरिका गाको भए’ सार्वजनिक भयको छ ।

आत्मा विश्वास फिल्मसको प्रस्तुति रहेको उक्त गीत पारश गोरालकै शब्द सिर्जना र संगीतमा रहेको छ भने सञ्जय श्रिपालले संगीत संयोजन गरेका हुन् । त्यस्तै गीतको भिडियोमा दुर्गा विरहीले निर्देशन गरेका छन् ।

सोही भिडियोमा ओमप्रकाश गिरीको छायांकन रहेको छ भने अनिल विष्टले भिडियो सम्पादन गरेका छन् । साथै, उक्त भिडियोमा दुर्गा सवरही, सञ्जु परियार, मायाँ सुनार, पारश गोरालको अभिन्य रहेको छ ।

आत्मा विश्वास फिल्मस नामक युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । स्वदेशमा रहेर पनि रोजगारी नपाएका आमनागरिकका दुःख र संघर्षका कथा गीतको शब्दमा समावेश गरेर भिडियो बजारमा ल्याएको दुर्गा विरहीले बताए ।

धेरै नेपालीहरुको चाहना अमेरिका जाने भएको हुँदा त्यसैलाई मुख्य आधार बनाएको उनले बताए । गीतले भ्युज कमाउने भन्दा पनि मौलिक र दुःख या सुखमा सुन्ने खालको भएको विरहीको भनाइ छ ।