२६फागुन काठमाडौं लिम्बू महिलाहरुको सार्वजनिक उपस्थिति र अवस्था को बिषयमा एक अन्तिरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
किरात याक्थुङ चुम्लुङ को सभाहलमा
१ सय १२ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा याक्थुङ युवा मन्च काठमाडौको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । 
कार्यक्रममा त्रिभुवन विश्वबिद्यालयका प्राध्यापक बालकृष्ण माबुहाङ र आदिवासी भूमि अधिकार सम्बन्धी काम गरिरहेकी अधिवक्ता अमृता थेवेले बक्ताको रुपमा धारणा राखेका थिए ।
कार्यक्रमलाई अरुणा लिम्बूले सहजिकरण गरेकी थिईन भने याक्थुङ युवा मञ्च काठमाण्डौकी अध्यक्ष संगीता सुहाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। 
नेपालका गैरआदिवासी जनजाति महिलाहरु राजनीतिक, धार्मिक र पितृसत्तात्मक सोचका कारण विभेदमा परेको वक्ताहरुले जोड् दिए।
‘आदिवासी लिम्बू महिलाहरुमा निर्णय निर्माण क्षमता, स्वाधिनता र स्वतन्त्रता बढी छ जुन गैरआदिवासी महिलाहरुको तुलनामा । यद्यपि पाराकोनोनियाजम र कोलोनियाजमका कारण शिक्षा र विश्व शिक्षाले आदीवासी जनजाती महिलाको मूल्य मान्यताहरुमा हस्तक्षेप भएको हो,’ त्रिभूवन विश्वविद्यायका सहप्राध्यापक बालकृष्ण माबुहाङले बताए ।
उनले हिन्दूवाद र पितृसत्तात्मक सोचका कारण पनि आदिवासी महिलाहरुको अधिकारमाथि आँच पुगेको उल्लेख गरे । त्यस्तैगरी पाराकोलोनिज्मले दिएको स्रोत, बिज्ञान र ज्ञानले पनि लिम्बू महिलाहरु विभेदमा पर्न थालेको उनले बताए । 
त्यस्तै अर्का वक्ता अधिवक्ता अमृता थेबे लिम्बूले विभिन्न धार्मिक, राजनीतिजस्ता तीन कुराका कारणले लिम्बू महिलाहरुमा विभेद अलि बढी बढेको उल्लेख गरिन्। 
‘जनजाती लिम्बू महिलाहरुमा केही बिभेद रहनुमा मैल देखेको कुराहरुमा पहिलो पीतृसतात्मक समाज हो । यसमा कहिले महिला हक अधिकारको कुरा उठ्दैन। शारीरिक सम्पर्क, सम्पति र स्वतन्त्रता सबै पुरुषले नियन्त्रण गरेर राख्छ । यो भएपछि महिला अधिकार र परीचयको कुरा उठ्नै पाउदैन । दोस्रो कुरा हिन्दुवादका कारण महिलाको मान्यता र मूल्यका कारण जनजाति महिलाहरुमा नकारात्क प्रभाव परेको छ । जस्तै जयस्थिती मल्लका पालामा खस आर्य महिलाले उसको श्रीमानालाई परदेश गएमा ६ वर्षसम्म पर्खिनु पर्ने । तर सुद्र जातिका महिलाहरुलाई पर्खिन आवश्यक थिएन् । र, तेस्रो कारण सत्ता जस्तो पृथ्वीनारायण साहको पालादेखि नै सत्ताको चहलखेल भयो,’ थेबेले भनिन् ।
नेपालमा पुरुषमैत्री कानुनका कारण पनि महिलाको हक अधिकारका बारेका विषयहरु नउठेको र त्यसकै चपेटामा लिम्बू तथा आदिवासी महिलाहरु पनि चपेटामा परेको वक्ताहरुको भनाइ छ । 
करिब सवा दुई घण्टा सम्म चलेको कार्यक्रममा केही दर्शकहरुले पनि वक्ता हरुलाई प्रश्न समेत राखेका थिए । आयोजकको तर्फबाट वक्ताहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो। पूरा भिडियोमा हेर्नुहोला https://youtu.be/WJRhLe5blLs











प्रतिक्रिया