गृह पृष्ठ

थुलुङ दुधकोशी गाउँपालिका मुक्लिमा १५ दिने प्लम्बर तालिम सुरु


२७ जेष्ठ २०८०, शनिबार ००:००


थुलुङ दुधकोशी गाउँपालिका ६ नं वडा मुक्लिमा १५ दिने प्लम्बर तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बु को आयोजना तथा ६ नं वडा कार्यालयको समन्वयमा भएको कार्यक्रममा वडाभरका १० वटा टोल बिकास संस्था बाट १४ जना सहभागी छन्।

वडा अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी महेन्द्रदीप राई,गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत खरिधन राई लगायतले श्रम्र र श्रमको सम्मान गर्ने पद्धति,जिवनोपयोगी सीप र आत्मनिर्भरता भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण रहेको औल्याउँदै यो तालिम निक्कै नै उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो।

घरेलु तथा साना उद्योग कार्यालय का कार्यालय प्रमुख संगिता थुलुङ को अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउँपालिकाका ईन्जिनियर नगेन्द्र बस्नेत,योजना शाखा प्रमुख नवीन बम ,प्रशिक्षक नारायण देवकोटा लगायत्को उपस्थिति रहेको थियो। १५ दिनसम्मको सिकाई को अन्तमा गाउँपालिका अध्यक्ष असिम राई को विशेष उपस्थितिमा तालिमको समापन गरिने वडा सचिब सावित्रा अधिकारिले जानकारी दिनु भयो।

प्रकाशित : २७ जेष्ठ २०८०, शनिबार ००:००