Breaking News Post

सिक्किमको नाम्चीमा मनुमित लेप्चाको बेजोड प्रस्तुति रहने।


२६ असार २०८३, शुक्रबार ००:००


काठमाडौं, ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ मार्फत दर्शक माझ परिचित बनेकी गायिका तथा मोडल मनुमित लेप्चाले सिक्किमको नाम्ची अवस्थित आयोजना हुने “नाम्ची राके मेला–२०२६” मा आफ्नो बेजोड सांगीतिक प्रस्तुति दिने भएकी छिन्। आगामी जुलाई १७ मा आयोजना हुन गईरहेको उक्त सांगीतिक कार्यक्रममा मनुमित लेप्चाले आफ्नो बेजोड प्रस्तुति दिने आयोजकले जनाएको छ।

नेपालको चर्चित रियालिटी-शो, ‘द भ्वाइस अफ नेपाल’ मा सहभागी भएपछि निरन्तर रूपमा सांगीतिक क्षेत्रमा सक्रिय रहदै आएकी मनुमितको प्रस्तुति “नाम्ची राके मेला–२०२६” को प्रमुख आकर्षणको रुपमा दर्शकहरूले अपेक्षा गरेका छन्। कार्यक्रममा अन्य थुप्रै कलाकारहरूको समेत सहभागिता रहने आयोजकको महाकुलुङ न्युज डटकमलाई जानकारी दिएका छन्।

प्रकाशित : २६ असार २०८३, शुक्रबार ००:००