मनोरञ्जन

गायक यश कुमारको म्युजिक फिल्म ‘मैले तिम्रो मायामा’ सार्वजनिक


२९ माघ २०८१, मंगलबार ००:००


गायक यश कुमारको म्युजिक फिल्म ‘मैले तिम्रो मायामा’ सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उनले २० मिनेट लामो सांगीतिक सिनेमाको भिडियो सार्वजनिक गरिएको हो।जसले मायाप्रेमको कथा समेटेको छ। सार्वजनिक कार्यक्रमका वरिष्ठ साहित्यकार राज मुकारुङ प्रमुख अतिथिका रूपमा सहभागी थिए।

उनले कार्यक्रममा बोल्दै गायक यश कुमारबिना संगीत क्षेत्र नै अधुरो हुने बताए। तीन दशक यता यश कुमारले फरक गीत तथा संगीतमार्फत आफूलाई स्थापित गरेको उनको भनाइ छ। सार्वजनिक गीतका शब्द, संगीत तथा भिडियाे निर्देशनसमेत गायक यश कुमारले नै गरेका हुन्।

गीतमा यश कुमार र स्मिता प्रधानको सुमधुर आवाज रहेकाे छ। भिडियाेमा यश र स्मितासँगै रमिला मोक्तान, रेशम बुढाथोकी, कल्याण ढुंगानाले अभिनय गरेका छन्। दिनेश पराजुली एन्ड टिमको छायांकनमा बनेको भिडियाेका प्रोडक्सन डिजाइनर करण सिंह र सम्पादक विकास धमला हुन्। हेर्नुस भिडियाे

प्रकाशित : २९ माघ २०८१, मंगलबार ००:००