Breaking News Post

काेशीमा कांग्रेसका मन्त्रीले बुझाए राजीनामा


२७ श्रावण २०८३, बुधबार ००:००


२७ साउन, विराटनगर । कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएकाे छ । सत्ता समीकरण फेरिएपछि बुधबार कांग्रेस प्रदेश सरकारबाट बाहिरिएकाे हाे । बुधबार कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएकाे कांग्रेस नेता तथा पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जानकारी दिए ।

नेकपा एमाले र नेकपाबीच सत्ता समीकरण बनेपछि कोशीका मन्त्रीलाई राजीनामा दिन दबाब थियाे ।

कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ सहभागी थिए ।

 

कांग्रेस बाहिरिएपछि अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सरकारमा सहभागी हुनेछ ।

प्रकाशित : २७ श्रावण २०८३, बुधबार ००:००