मुख्य खवर

अबदेखि यी देश जान नपाउने,कोरोना बढेपछि लगायो प्रतिबन्ध


२९ पुस २०७८, बिहिबार ००:००


जापानले गैर आवासीय नागरिकलाई आउँदो फेब्रुअरी अन्त्यसम्म जापान प्रवेशमा रोक लगानाउने भएको छ । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले कोरोना महामारीका कारण विदेशीलाई फेब्रुअरी अन्त्य सम्ममा प्रवेशमा रोक लगाउने जानकारी दिनुभयो ।

जापानमा पछिल्लो समय कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै जापानमा ६ हजार ४ सय भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । संक्रमणलाई मध्यनजर गर्दै जापानले देशब्यापी खोप अभियान चलाएको छ ।

अन्य समाचार । उपत्यकामा स्मार्ट लकडाउन, १८ बुँदे आदेश – कोभिड–१९ को बढ्दो सङ्क्रमण र रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन काठमाडौँ उपत्यकामा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना अनिवार्य गरिएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको मङ्गलबार बसेको संयुक्त जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन समन्वय केन्द्र (डीसीसीएमसीसी) बैठकले मङ्गलबार राति १२ बजे बाट लागू हुने गरी उक्त मापदण्डको पालनामा अनिवार्य गरेको हो । गृह मन्त्रालयको सङ्क्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ ले दिएको अधिकार प्रयोग गरी सर्वसाधारणका लागि १८ बुँदे आदेशसमेत जारी गरिएको छ ।

काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार बसेको संयुक्त बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो । यो निर्णयसँगै भेला, सम्मेलन, जुलुस निकाल्न रोक लागेको छ । एजेन्सी ।

प्रकाशित : २९ पुस २०७८, बिहिबार ००:००