गृह पृष्ठ

काठमाडौं महानगरमा ९५.५% साक्षरता,कार्यप्रगति सन्तोषजनक


२८ भाद्र २०८१, शुक्रबार ००:००


काठमाडौं महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ। कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसंख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ।

आव २०८०र८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा मूल्यांकन एकाइ प्रमुख सुमित्रा लामिछानेले जानकारी दिएका छन।

गत आवमा २४ अर्ब १९ करोड ८४ लाख ८५ हजार बजेट विनियोजन गरिएकामा १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार मात्र खर्च भएको छ। काठमाडौंका स्थानीय तह, प्रदेश तथा संघीय कार्यालयबाट आव २०८०र८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनामा एक अर्ब ५६ करोड ५७ लाख खर्च भएको छ।

याे पनि पढनुहाेसः

काठमाडौं, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)वीर अस्पतालले आजबाट जलनका बिरामीलाई सेवा दिन थालेको छ । २०७२ वैशाखको भूकम्पपछि बन्द रहेको बर्न वार्डमा जलनका सामान्य बिरामीलाई उपचार गर्न अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता थियो ।

अस्पतालका निर्देशक डा.सन्तोष पौडेलका अनुसार आजबाट ‘जलन उपचार केन्द्र’ बाट सुरु गरिएको छ । जसमा १० जनरल बेड, ५ आइसियू र तीन वटा अप्रेशन थिएटर रहेका छन् ।
नेपालमा जलनको उपचारको सुरूवात वरिष्ठ प्लाष्टिक सर्जन डा। केशवदास जोशीले २०४३ सालदेखि वीर अस्पतालमा सुरू गरेका थिए ।

‘अबदेखि जलनका बिरामीलाई चाहिने सबै सुविधा वीर अस्पतालले दिन सक्छ । हामीले केन्द्रको रुपमा यसको नामाकरण गरेका छौं,’ डा. पौडेलले भने, ‘ जलेका बिरामी अन्य अस्पताल र विदेशमा समेत रिफर गर्नु नपर्ने गरी सेवा दिन्छौं ।’

नेपालजस्तो अल्पविकसित देशमा जलनको समस्या भयावह छ । चिकित्सकहरुका अनुसार जलनमा पर्ने धेरैजसो बिरामी दूरदराज र विपन्न वर्गका हुन्छन् । नेपाल सरकारले जलनका घाइतेहरूलाई नै उपचार गर्ने भनेर अस्पताल बनाएको छैन । सबै खाले उपचार हुने ठुला अस्पतालमा ५ देखि १० वेडको जलन उपचार विभाग तोकिए पनि दक्ष जनशक्ति नहुँदा काठमाडौं नै रेफर गर्ने चलन छ ।

‘जलनबाट बढी प्रभावित गरिब तथा विपन्न वर्गका हुन्छन् । सरकारी संस्थाले उहाँहरुको उपचार नगर्दा उपचारका लागि खेतबारी नै बेच्नुपर्ने अवस्था थियो,’ डा. पौडेलले भने, ‘ अबदेखि वीरले सर्वसुलभ र गुणस्तरीय सेवा दिन्छ ।’

अमेरिका लगायतका विकसित मुलुकमा अत्याधुनिक उपकरण र स्तरीय उपचारका कारण ९० प्रतिशतसम्म जलेर आएका ५० प्रतिशत बिरामीलाई बचाएको रेकर्ड छ । तर नेपालमा ४० प्रतिशत जलेका बिरामीलाई पनि बचाउन हम्मेहम्मे पर्छ ।

हाल नेपालमा सबैभन्दा बढी सेवा दिइरहेको कीर्तिपुर अस्पतालमा शरीरको बाहिरी भाग जलेकामा ३० प्रतिशत र श्वासनली जलेकोमा ६० प्रतिशतभन्दा बढी मृत्युदर छ । उपत्यकाका ८ प्रतिशत र काठमाडौं बाहिरका ९२ प्रतिशत जलनका बिरामी आउने गरेको कीर्तिपुरको तथ्यांकले देखाउँछ । बढी जलनका घटना मधेश प्रदेशमा हुने गरेको छ ।

जलनका बिरामीलाई एक लाख सहुलियत दिने तयारी

अस्पताल बसाई लामो र जलनको बिरामीको स्वास्थ्य अवस्था जटिल हुने भएकाले उपचार खर्चिलो हुन्छ । एक अध्ययनअनुसार जलेका बिरामीको ६० प्रतिशतभन्दा बढी पैसा औषधि किन्दा सकिन्छ । कमजोर आर्थिक अवस्था भएकाहरु नै बढी जलनको समस्यामा पर्छन् । उपचारमा पटक–पटक शल्यक्रिया र मंहगो औषधि लाग्ने हुँदा उनीहरुको सर्वस्व सकिने अवस्था आउँछ ।

सरकारले जलनका बिरामीलाई उपचारमा सहुलियत दिने गरेको छैन । डा.पौडेलका अनुसार शुक्रबार जलन उपचार केन्द्र उद्‌घाटन गर्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जलनका बिरामीलाई एक लाख सहुलियत दिने आश्वासन दिएका छन् ।

‘सरकारले ८ वटा कडा रोग लागेका बिरामीलाई एक लाख सहुलियत दिँदै आएको छ । जसमा जलनका बिरामीलाई समावेश गर्दै नीतिगत निर्णय गरेको जानकारी दिनुभएको छ,’ डा. पौडेलले भने, ‘यसो हुँदा गम्भीर जलन भएका बिरामीलाई निःशुल्लक उपचार गर्न सकिन्छ कि ।’

विकसित देशको तुलनामा नेपालमा जलनका बिरामी मृत्युदर अधिक छ । चिकित्सकका अनुसार विकसित देशमा जलन भएकामध्ये ३ प्रतिशतसम्म बिरामीको मृत्यु हुन्छ । तर नेपालमा १५ प्रतिशतको हाराहारीमा मृत्यु हुने गरेको छ । ठूलो घाउमा हुने संक्रमण, ढिलो अस्पताल आइपुग्नु, पर्याप्त मात्रामा छाला उपलब्ध नहुनु, बिरामीले प्राथमिक उपचार नै नपाउँदा नेपालमा जलनका बिरामीको मृत्यु अन्य देशको तुलनामा बढी छ ।

जलनको उपचार बहुविशिष्टकृत सेवा दिने अस्पतालमा सुरु हुँदा राम्रो नतिजा दिन सकिने डा. पौडेलले बताएका छन । ‘जलेका बिरामीलाई धेरै जटिलता देखिन्छ । विभिन्न अंगमा असर गर्ने हुँदा विशेषज्ञ जनशक्तिको आवश्यक पर्छ,‘ डा. पौडेल भन्छन्, ‘जलनको उपचारमा वीर अस्पतालले राम्रो भूमिका खेल्नसक्छ भनेर उपचार केन्द्र खोल्नका लागि जोड गरेका थियौं ।’

नेपालमा जनचेतनाको कमीले बढी जलनका घटना हुने गरेका छन् । गाउँघरमा धेरै बालबच्चा चुलोमा जल्छन् । आगोले पोलेपछि के गर्ने भन्ने ज्ञानको अभावमा समस्या झन् जटिल बन्छ । अस्पताल आइपुग्दासम्म पनि बिरामीलाई जीवनजल खुवाइएको हुँदैन । जसका कारण बिरामीको स्वास्थ्य अवस्था बिग्रदै जान्छ ।

चिकित्सकका अनुसार आगोले पोलेको भागलाई सबभन्दा पहिले चिसो पानीले आधा घण्टासम्म विस्तारै पखाल्नुपर्छ । यसो गर्दा तातोपना छालाभित्र गड्न र घाउ गहिरो हुन पाउँदैन । पोल्नेबित्तिकै यो विधि अपनाउनपर्छ ।

त्योसंगै जीवनजल खुवाउन र जिल्ला अस्पतालमै पनि प्राथमिक उपचारका साथ स्लाइनपानी चढाउनपर्छ । जलेका बिरामीको तौल र घाउको आधारमा पहिलो २४ घण्टाभित्र दिइने सलाइन वा जीवनजलको पुनर्जलीय उपचार गर्दा बिरामीको जटिलता र मृत्यु रोक्न सकिन्छ ।

प्रकाशित : २८ भाद्र २०८१, शुक्रबार ००:००