काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी विद्यालयलाई निषेध गरेर जान नसकिने बताएका छन् ।mप्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री पन्तले भने, ‘प्राइभेटलाई निषेध गरेर जान सकसकिदैन कडाइका साथ रेगुलेसन गर्नुपर्छ । गुठीमा जानेलाई प्रेरित गर्नुपर्छ ।’
मन्त्री पन्तले शिक्षक महासंघसँग २७ बुँदे सहमति भएको तर केही बुँदामा फरक धारणा रहेको बताए । ‘शिक्षक महासँग वार्ता गर्यौं । ६ पटक बैठक बस्यो । सहमति २७ बुँदा नै हो । २७ बुँदामा फरक(फरक छ’, उनले भने ।
त्यसपछि सभापति अम्मरबहादुर थापाले सरकार तयार भएर नआएको बताए । सभापति थापाले मन्त्रालयको प्रतिवेदन मागे । ‘अध्ययनको प्रतिवेदन आएन । मन्त्रालय अहिले पनि तयार भएन । पश्चगमनमा जाने विषय हुँदैन’, सभापति थापाले भने ।
समितिले गत जेठ ११ गते ईसीडी, निजी र शिक्षक महासंघसँग भएको सहमतिको धारणा माग गरेपछि मन्त्री पन्तले सरोकारवालासँग छलफल गर्न समय मागेका थिए । अहिले समितिको बैठक बसिरहेको छ ।











प्रतिक्रिया