काठमाडौं, बौद्धमा रहेको भाटभटेनीमा ६ वटा शव भेटिएको छ। प्रहरीका अनुसार शनिबार बेलुकी शव फेला परेका हुन्। डढेको कारण शव पहिचान भएको छैन । सबै मृतक पुरुष भएको प्रहरीले जनाएको छ ।
डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको छ। जेनजीको प्रदर्शनको क्रममा भाटभटेनीमा आगजनी भएको थियो। २३ भदौमा जेनजीको आन्दोलन भएको थियो। जेनजी आन्दोलनका क्रममा भाटभटेनी लगायत देशका विभिन्न स्थानमा रहेका सरकारी र निजी संरचनाहरुमा आगजनी भएको थियो ।











प्रतिक्रिया