ताजा घटना

सल्लेरीको एउटा होटलमा एक ब्यक्ति मृत फेला


१ असार २०७८, मंगलबार ००:००


सोलुखुम्बु सदरमुकाम सल्लेरीको एउटा होटलमा एक ब्यक्ति मृत भेटिएका छन् । महाकुलुङ गाउँपालिका २ पेल्माङका अन्दाजी २७/२८ वर्षीय मिलन कुुलुङ (सोमबार) मृत भेटिएको प्रहरीले जनाएको छ ।

विगत ४ दिन देखि होटलमा बसेका कुलुङ बिहान १० बजे होटल भित्रै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । शव भेटिएको क्षेत्रलाई प्रहरीले निगरानी बढाएको छ । मुत्युको कारण खुल्न बाँकी रहेको जनाइएको छ ।

प्रकाशित : १ असार २०७८, मंगलबार ००:००