काठमाण्डाैं, चीनको चाङ ई-५ यान चन्द्रमाको सतहबाट ढुंगा र माटोको नमूना लिएर पृथ्वीमा फर्किएको छ। उक्त यान स्थानीय समयअनुसार बिहीबार बिहान करीब साढे १ बजे मंगोलियामा उत्रिएको छ। चाङ ई-५ लाई एउटा अन्तरिक्ष यानको रुपमा २४ नोभेम्बरमा दक्षिणी चीनको वेनचाङ स्टेसनबाट छाडिएको थियो। छाडिएको २४ दिनपछि यान चन्द्रमा पुगेर फर्किएको हो।
४० वर्षपछि पहिलोपटक चन्द्रमाबाट ढुंगा र माटोको नमूना पृथ्वीमा ल्याउने प्रयास गरिएको थियो। त्यसमा चीन सफल भएको छ। चाङ ई-५ ले करीब दुई किलो ढुंगा र माटो लिएर आएको हो। यानले ढुंगा र माटो संकलन गर्न दुई दिन चन्द्रमाको सतहमा बिताएको थियो।
यसअघि रुसको लुना-२४ मिसन सन् १९७६ मा चन्द्रमाको सतहमा उतारिएको थियो। त्यति बेला लुनाले करीब २०० ग्राम माटो लिएर फर्किएको थियो। त्योभन्दा पनि अघि अमेरिकाले अपोलो यान चन्द्रमा पठाएको थियो। त्यसले पनि ढुंगा र माटोको नमूना लिएर आएको थियो।











प्रतिक्रिया