आर्थिक

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च


८ बैशाख २०८२, सोमबार ००:००


काठमाडौं, सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार पुगेको छ। नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो। आइतबार तोलामा एक लाख ८९ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतिलोला एक हजार दुई सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज स्थानीय बजारमा चाँदी प्रतितोला एक हजार नौ सय ६० मा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रकाशित : ८ बैशाख २०८२, सोमबार ००:००