ताजा घटना

जिल्ला प्रहरी परिसर काठमाडौँबाट थुनुवा भागे


८ जेष्ठ २०८२, बुधबार ००:००


काठमाडौं, जिल्ला प्रहरी परिसर काठमाडौँको गेटबाट थुनुवा भागेका छन् । बुधबार प्रहरी वृत्त स्वयम्भुबाट मुद्दाको प्रयोजनका लागि भद्रकाली ल्याइएका थुनुवा भागेका हुन् । फरार हुनेमा २४ वर्षीय निशान परियार छन् ।

उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताएका छन । उनी अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेका थिए ।

प्रकाशित : ८ जेष्ठ २०८२, बुधबार ००:००