सोलुखुम्बु – महाकुलुङ गाउँपालिका १ स्थित सर्शिलामा नयाँ प्रशासनिक केन्द्र निर्माण गर्ने गाउँपालिकाको निर्णय खारेजीको माग गर्दै सर्बोच्चमा दायर रिटमा अन्तरिम आदेश अस्विकार भएको छ ।
जनभावना विपरित गाउँपालिकाले बहुमतबाट अपायक पर्ने सर्शिलामा प्रशासनिक संरचना बनाउन जग्गा छनौट गरेको भन्दै स्थानीय असन्तुष्टहरुले दायर गरेको रिटमा सर्बोच्च अदालतले कारण देखाउ तथा अन्तरिम आदेश जारी गर्न अस्विकार गरेको हो । यो संगै मुद्धा अदालतको नियमित सूचीमा रहेर किनारा लाग्नेछ ।
साउन २ गते बसेको सातौँ गाउँ सभामा निर्वाचनबाट सर्शिलामा प्रशासनिक संरचना निर्माणका लागि जग्गा टुंगो लगाएको थियो । गाउँ सभामा भएको निर्वाचनमा तीन स्थान सर्शिला, गत्तेल र चोङखिदोमा मतदान भएको थियो ।
ती ठाउँमध्ये सर्शिलाको पक्षमा १४, गत्तेलका लागि ११ र चोङखिदोका लागि शुन्य मत खसेको थियो । निर्वाचनमा २८ मतदातामध्ये २५ जनाले मतदान गरेका थिए । सोही निर्वाचनको परिणाम पछि असन्तुष्ट पक्षले सर्शिला अपायक पर्ने र गत्तेलमा प्रशासनिक संरचना निर्माण गर्नुपर्ने माग सहित आन्दोलन गर्दै आएका छन् । गाउँपालिकाले २०७६ मंसिर ३ गते जग्गा उपलब्धताका लागि ३५ दिने सूचना प्रकाशित गरेको थियो ।











प्रतिक्रिया