मुख्य खवर

महाकुलुङ गाउँपालिका २ नम्बर वडाले काठमाडौं सेवा प्रवाह गर्ने ।।


७ भाद्र २०७९, मंगलबार ००:००


काठमाडौं । प्रदेश नम्बर १, सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका २ नम्बर वडा कार्यालयले काठमाडौं उपत्यकामा रहेका आफ्नो नागरिकहरुलाई सेवा प्रबाह गर्ने भएका छन् ।

यहीँ भदै ८ गते देखि १३ गतेसम्म काठमाडौंको कपन दुर्गा मन्दिरस्थित रहेको “गुद होप रेष्टुरेन्ट”बाट विशेषत : पञ्जीकरण सम्बन्धी सेवा दिइने वडा अध्यक्ष प्रदीप कुलुङले बताएका छन् ।

महाकुलुङ गाउँपालिका २ नम्बर वडाबाट काठमाडौं आई अस्थायी वा स्थायी रुपले बसोबास गर्दै आएका सम्पुर्ण नागरिकलाई बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सेवा प्रदान गर्ने अध्यक्ष कुलुङले महाकुलुङ न्युज डटकमलाई जानकारी गराए । वडा कार्यालयको तर्फबाट यी आठ किसिमका सेवा प्रबाह गर्नेछन् ।

१) जन्म दर्ता :- आवश्यक कागजातहरु सुचकको रुपमा बुबा वा आमा आफ्नो नेपाली नागरिकता लिएर आउनुपर्ने छ ।
२) विवाह दर्ता :- दुलहा र दुलही दुवै उपस्थित हुनुपर्ने साथमा २/२ प्रति पिपी साईजको फोटो, जन्मदर्ताको प्रमाणपत्र र नेपाली नागरिकताको सक्कल कपी लिएर आउनुपर्ने छ ।
३) मृत्यु दर्ता :- सुचक मृतकको एकाघरको सदस्य हुनुपर्ने, साथमा मृतक र सुचकको नागरिकता लिएर आउनुपर्ने छ ।
४) बसाई सराई :- बसाई जाने ठाउँ अनि जग्गाको लालपुर्जाको कपि, परिवारको हुने जतिको नेपाली नागरिकता र जन्मदर्ताको प्रमाणपत्र ।
५) मालपोत :- अघिल्लो तिरेको रसिद साथै जग्गा धनिपुर्जा ।
६) नेपाली नागरिकता सिफारिस :- आवश्यक कागजातहरु जन्मदर्ता, बुबा आमाको सक्कल नागरिकता, २ प्रति पिपी साईजको फोटो दुवै कान देखिने र कपाल कालो रङको हुनुपर्ने ।
७) प्रतिलिपी सिफारिस :- नागरिकताको फोटोकपि वा जग्गाधनी पुर्जा लिएर आउनुपर्ने छ ।
८) आ.ब. ०७८/०८० मा सामाजिक सुरक्षा भत्ता नविकरण गर्न बाँकि हुनेहरुको नविकरण गरिने छ । :- आवश्यक कागजातहरु २ प्रति पिपी साईजको फोटो, नेपाली नागरिकताको फोटोकपी र भत्ता लिदै गरेको निलो पत्ताको फोटो कपी ।

वडा कार्यालयबाट दिइने सेवा विशेषगरी काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा बसोबास गर्दै आएका आफ्नो नागरिकको सहजताको लागि यो कार्यक्रम ज्यादै महत्वपूर्ण रहेको अध्यक्ष कुलुङ बताउछन् । साथै, अध्यक्ष कुलुङका अनुसार सेवाग्राहीको चाप तथा आवश्यकताका आधारमा यो (६) दिनको समय अवधीलाई थप गर्न सकिने समेत बताएका छन् ।     

प्रकाशित : ७ भाद्र २०७९, मंगलबार ००:००