Breaking News Post

महाकुलुङ आधारभूत अस्पतालमा MDGP डा. को नियुक्ति


१२ फाल्गुन २०८१, सोमबार ००:००


काठमाडौं, सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा रहेको महाकुलुङ आधारभूत अस्पतालमा MDGP डा.को नियुत्ति गरिएकाे छ । याे सँगै एनेस्थेसियाकाे पनि नियुत्ति गर्ने प्रक्रिया रहेकाे छ । महाकुलुङ आधारभूत अस्पतालमा दन्त सेवा र आँखा उपचार केन्द्र सञ्चालनमा आइरहेकाे छ भने अब दन्त डाक्टर (BDS) राख्ने याेजना समेत रहेकाे गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत केडी रेम्निसिङ कुलुङले बताएका छन ।

हाल सञ्चालन भईरहेकाे अस्पतालमा ओ.टि.सेटप भएपछि अस्पतालकाे औपचारीक उद्घाटन गरिने अधिकृत कुलुङले बताएका छन । जनरल फिजिसियन, प्रसुति, ल्याब, फार्मेसि डेन्टल, आँखा लागतयका आधारभुत सेवा गाउँपालिकाको अस्पतालमै उपलब्ध हुने उनले बताए ।

अस्पताल निर्माण भएपछि स्वास्थ्य सेवामा फड्को मारेकाे अधिकृत कुलुङले बताउदै अस्पतालमा रहेको बर्थिङ सेन्टर निर्माण भईसकेकाे र पाेष्ट मार्टम गृह भने निर्माण हुदै गरेको बताएका छन । पाेष्ट मार्टमका लागि प्रहरी सई आवश्यकता रहेकाे तर गाउँपालिकाको केन्द्र रहेको बुङमा हालसम्म असई मात्र रहेकाे अधिकृत कुलुङले बताए ।

अस्पतालमा जनरल फिजिसियन, डेन्टल, नेत्र रोग, प्रसुति, फार्मेसी लागतयका सेवा हुदै आएको छ । त्यसक्षेत्रमा प्रहरी चाैकी स्थापना तथा स्तर उन्नति गरी, इन्स्पेक्टर वा कम्तिमा सईको कमाण्डमा प्रहरी राख्नुकाे लागि गाँउपालिकाले निर्णय गरी जिल्ला सुरक्षा समितिमा निर्णयकाे लागि पठाई सकेको समेत अधिकृत कुलुङले महाकुलुङ न्युज डट कमलाई जानकारी दिएका छन ।

प्रकाशित : १२ फाल्गुन २०८१, सोमबार ००:००