ताजा घटना

मृत्युको मुखबाट जोगिन बालिका ,अवस्था चिन्ता’जनक


११ भाद्र २०७८, शुक्रबार ००:००


लत्रिएको तार व्यवस्थापनमा विद्युत प्राधिकरण र जनप्रतिनिधिले चासो नदिंदा एक बालिका का’लको मुखबाट जोगिएकी छन् । तर उनको स्वास्थ्य अवस्था अहिले पनि चिन्ताजनक छ । भानु नगरपालिका वडा नम्बर ८,लौटनडिहीस्थित सडकमा ल’त्रिएको तारमा करेन्ट लागेर स्थानीय १० वर्षिया बालिका वर्षा विक घा’इते भएकी हुन् ।

तत्काल स्थानीयले देखेर उद्धार गरेकी ती बालिकाको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा हुन नसकेपछि भरतपुर रिफर गरिएको छ । हाल उनको चितवन मेडिकल कलेजमा उपचार भैरहे पनि अवस्था चिन्ताजनक नै रहेको भनाई आफन्तको छ ।

यो पनि पढ्नुहोस:

काठमाडौ,धनकुटामा अनौठो घटना भएको छ । सरकारी सुविधाको दुरुपयोग गर्दै वडाध्यक्षको कार्यकक्षमै अ नै ति क गतिविधि गरेका ३ जनालाई स्थानियले थुनेका छन् । धनकुटाका छथर जोरपाटी गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर घिसिङको कार्यकक्षमा स्थानियले ३ जनालाई थुनेका हुन् ।

उनीहरु वडाध्यक्षको कार्यकक्षमा मापसे गरिरहेका थिए । स्थानियले नेकपा एमाले धनकुटा जिल्ला सदस्य भोजबहादुर विश्वकर्मासहित तीन जनालाई थुनेका हुन् । बिहिवार बेलुका उनीहरुले वडाध्यक्षको कार्यकक्षमै हो ह ल्ला गरेका थिए ।

बाहिर ठूलो आवाज आएपछि स्थानिय कुरा बुझ्न त्यता जाँदा अस्वभाविक गतिविधि देखेपछि रिसाए । कार्यालय समय पछि पनि उनीहरु वडाध्यक्षकै कार्यकक्षमा बसेका थिए । एमाले धनकुटाका जिल्ला कमिटी सदस्य हरि ओझा भने स्थानियको आँखा छलेर बाहिरीएका थिए ।

विश्वकर्मासहित अन्य दुई जनालाई भने स्थानीयले थुन्न सफल भए । दुई जना स्थानीय एक विद्यालयको शिक्षक रहेको स्थानियको भनाई छ । वडाध्यक्ष घिसिङले घटनाबारे आफूलाई केही जानकारी नभएको बताए । स्थानीयले थुनेको तीन घण्टा पछि राति नै प्रहरीले उनीहरूलाई छोडेको छ ।

प्रकाशित : ११ भाद्र २०७८, शुक्रबार ००:००