सोलुखुम्बुका स्थानीय स्रोत शिक्षकलाई क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको छ । जिल्लामा लामो समयदेखी शैक्षिक गुणस्तर बृद्धिका सवालमा काम गर्दै आएको गैरसरकारी संस्था रीड नेपालको आयोजना तथा स्थानीय तहको समन्वयमा २१ जना स्रोत शिक्षकलाई तालिम प्रदान गरिएको हो ।
तालिम समापन कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले नगरभित्रको विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि अनुगमनको कामलाई अघि बढाएको बताउन्ुभयो । तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न आग्रह गर्दै शिक्षकले सामाज रुपान्तरणमा महतवपुर्ण भुमिका खेल्न सक्ने उहाँको भनाई छ ।
रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बोगटीले रीड नेपाले स्थानिय सरकारसँग समन्वय गरेर तालिम सञ्चालन गरिरहेको बताउँदै तालिममा सिकेका कुरा आफ्नो स्थानमा गएर कार्यान्वयन गर्न आग्रह गर्नुभयोे ।
रीड नेपाल सोलुखुम्बुका शिक्षा विकास संयोजक केशवदेव गिरीले तालिममा आधारभूत शैक्षिक सामग्री निर्माण र प्रयोग, परिवर्तित पाठ्यक्रम तथा विद्यार्थी सिकाइ मूल्यांकन, विद्यालयको वर्तमान अवस्थाको विशेषण, नमूना कक्षा तयारी तथा नमूना कक्षा पर्दर्शन, विद्यालय सहयोग भ्रमण कार्यक्रमको अवधारणा, योजना निर्माण, प्रतिवेदनलेखन लगायतका विषयवस्तु तालिममा सिकाईएको बताउनुभयो ।











प्रतिक्रिया