गृह पृष्ठ

हामी कहिल्यै हार्न नजान्ने स्वाभिमानी नागरिक हौं : प्रधानमन्त्री ओली


१३ पुस २०८१, शनिबार ००:००


काठमाडौं,त्रिभुवन विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा उपनिवेशवादले राज गरेको बेला पनि नेपाल सदैव स्वाधीन मुलुक रहेको भन्दै देशभक्ति भावना छाड्न नहुने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वाभिमानी देशका स्वाभीमानी नागरिकले कहिल्यै हार्न नजानेको भन्दै देशभक्ति भावनाबाट ओतप्रोत हुन आग्र गरे ।

उनले भने,उपनिवेशवादले दुनियामा राज गरेको बेला हाम्रो मुलुक सदैव स्वाधीन रह्यो । जसले हार्न जानेन । हामी स्वाभिमानी देशका स्वाभिमानी नागरिक हौं । त्यसकारण देशभक्तिको भावना छाड्नु हुँदैन । नेपालीहरू बुद्धको देशका मानिस भएको भन्दै उनले आफूहरूले सदैव शान्ति चाहने बताए ।

प्रकाशित : १३ पुस २०८१, शनिबार ००:००